News युएई र जापानको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतारमा जारी प्रतिष्ठित एएफसी एसियन कपतर्फ युएई र जापानले पनि आ–आफ्नो समूहमा विजयी शुरुवात गरेका छन् ।

समूह सी मा रहेको युएईले आफ्नो पहिलो खेलमा हङकङलाई ३–१ को अन्तरले हरायो । युएइृले समूह चरणको आफ्नो दोस्रो खेलमा १८ जनवरीका दिन प्यालेस्टाईनसँग खेल्नेछ । त्यस्तै सोही दिन हङकङले बलियो इरानको सामना गर्नेछ ।

त्यस्तै समूह डी मा रहेको अर्को दावेदार टोली जापानले भियतनाममाथि ४–२ को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । जापानले आफ्नो आगामी खेल १९ जनवरीका दिन इराकसँग खेल्नेछ भने सोही दिन भियतनामले इण्डोनेसियाको सामना गर्नेछ ।

 प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको समापन भने १० फेब्रुअरीका दिन लुसैल स्टेडियम मै हुनेछ ।

Post Comments