News एसियन कपः इरानको पनि उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी प्रतिष्ठित एएफसी एसियन कपमा तीनपल्टको विजेता र दावेदार मध्ये एक इरानले पनि उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

समूह सी मा रहेको इरानले आइतबार राती समूह चरणको आफ्नो पहिलो खेलमा प्यालेस्टाईनलाई ४–१ ले हराउँदै प्रतियोगितामा प्रभावशाली शुरुवात गरेको हो ।

इरानले समूह चरणको आफ्नो दोस्रो खेल १९ जनवरीका दिन हङकङसँग खेल्नेछ भने प्यालेस्टाईनले १८ जनवरीका दिन युएईको सामना गर्नेछ । स्मरण रहोस, समूह सी कै पहिलो खेलमा युएईले हङकङलाई ३–१ ले हराएको थियो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको समापन भने १० फेब्रुअरीका दिन लुसैल स्टेडियम मै हुनेछ ।

Post Comments