News दोस्रो मच्छिन्द्र कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

केराबारी । यही माघ ३ गते बुधबारदेखि शुरु हुन गईरहेको दोस्रो मच्छिन्द्र कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

उद्घाटन खेलमा बेलबारी फुटबल क्लब र हिमशिखर एकेडेमी भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ ९ गतेका दिन हुनेछ ।

केराबारी गाउँपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments