News टेम्केमैयुङ र दिप्रुङ क्वाटरफाइनलमा
गोलनेपाल

च्याङ्ग्रे । टेम्केमैयुङ गाउँपालिका, भोजपुर र दिप्रुङ चुईचुम्मा, खोटाङ यहाँ जारी प्रथम पौवादुङ्मा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दिनको पहिलो खेलमा टेम्केमैयुङले पञ्चकन्या एफसी, च्याङ्ग्रेलाई ४–१ ले हरायो । टेम्केमैयुङको जितमा तयाहाङ राई, सन्जिप श्रेष्ठ, बिनोद राई र अरुण भुजेलले गोल गरे । उता पराजित पञ्चकन्याका लागि आशिष राईले एक मात्र गोल फर्काए । खेलमा टेम्केमैयुङका सन्जिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा दिप्रुङले षडानन्द नगरपालिका, भोजपुरलाई टाईब्रेकरमा ३–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दिप्रुङका लागि प्रविन राईले गोल गरे भने षडानन्दका लागि सौर्य राउतले गोल गरेका थिए । खेलमा दिप्रुङका गोलरक्षक प्रज्वल शेर्पा म्यान अफ द म्याच चुनिए ।

पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

Post Comments