झापा । शिवसताक्षी, झापाको दूधेमा भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो ।
दूधे खेल मैदानमा हुने प्रतियोगितमा प्रथम हुने टिमले ७५ हजार र दोस्रो हुने टिमले ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष थोप्राले बताए ।
खेलको सर्वोत्कृष्ट खेलाडीले ५ हजार हात पार्नेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार प्रदान गरिनेछ । त्यस्तै विजेता र उपविजेताको पुरस्कार राशि स्व. कर्णबहादुर नेम्वाङको परिवारले उपलब्ध गराउने सहमति भएको छ ।
प्रतियोगितामा विराटनगर, इटहरी, धरान, दमक, सुरुङ्गा चन्द्रगढी, विर्तामोड, धाइजन र आयोजकबाट ए र वी गरी कुल १० टिम समावेश हुने स्व. कर्णबहादुर नेम्वाङका छोरा सन्तोष नेम्वाङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । अन्य रकमका लागि सहयोग र विभिन्न कम्पनीहरुसँग प्रायोजनका लागि कुरा भइरहेको खेल संयोजक थोप्राले बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा