News दोस्रो गार्डेन कपबाट ८ लाख बचत
गोलनेपाल

पोखरा । यहाँ सम्पन्न दोश्रो गार्डेन कप नकआउट फुटवल प्रतियोगिताको आयव्यय आयोजकद्वारा सार्वजनिक गरिएको छ । गार्डेन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताबाट ८ लाख १३ हजार रुपैयाँ बचत भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो ।

आर्थिक पारदर्शिता गराउन पोखरामा पत्रकार सम्मेलन गरि क्लबले आयव्यय सार्वजनिक गरेको आयोजक क्लबको भनाई थियो । प्रतियोगिताबाट १४ लाख ५८ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको थियो । जसमा ६ लाख ४५ हजार ३ सय ९० खर्च तथा ८ लाख १३ हजार रुपैयाँ बचत भएको क्लबका कोषाध्यक्ष दिलिप गुरुङ्गले जानकारी दिए ।

त्यस्तै क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगिताबाट बचत भएको रकमले तेस्रो संस्करणबाट भने क्लब स्तरीय फुटबल प्रतियोगिता गराउने योजना भएको बताए ।

“हामिले अब ११ ए साइड फुटबल प्रतियोगिता गराउने छौ, बचत भएको रकम सामाजिक कार्यका साथै सोहि प्रतियोगितामा प्रयोग गर्नेछौ“ गुरुङले भने । प्रतियोगिताको लागी वडा ११ ले निकै सहयोग गरेको बताउदै देश विदेशबाट समेत सहयोग गर्ने सबैलाइ धन्यवाद दिए ।

सोहि क्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले क्लबले निकै उत्कृष्ट कार्य गरेकोमा आगामी वर्ष ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडामा आयोजित प्रतियोगिता भव्य रुपमा सफल भएको दावी गर्दै क्लबले युवाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न सिकाएको बताए ।

स्मरणीय छ, गत फागुन १२ देखि १७ गते सम्म पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको प्रतियोगितामा संगम एफसी विजेता तथा मेरो नेपाल उपविजेता बनेका थिए ।

Post Comments