
काठमाडौं (एजेन्सी) । आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार जारी एएफसी एसियन कपको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । समूह चरणतर्फ लगातार दोस्रो जितका साथ कतार नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह ए मा रहेको कतारले आफ्नो दोस्रो खेलमा ताजिकिस्तानलाई १–० ले हरायो । खेलको १७औं मिनटमा अकरम अफिफले गरेको एक मात्र गोल घरेलु टोलीलाई जित दिलाउन निर्णायक बन्यो । यसअघि कतारले आफ्नो पहिलो खेलमा लेबनानमाथि ३–० को जित निकालेको थियो ।
समूह ए कै अर्को खेलमा लेबनान र चीनले गोलरहित बराबरी खेलेपछि कतारलाई एक खेल अगावै नकआउट चरणमा प्रवेश गर्न थप सहज बन्यो । दुई खेलको समाप्ती पश्चात् २ खेलबाट ६ अंक जोडेको कतार शिर्ष स्थानमा छ ।
त्यस्तै २ अंक जोडेको चीन दोस्रो स्थानमा छ भने समान १–१ अंक जोडेका ताजिकिस्तान र लेबनान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समुह चरणको अन्तिम खेलमा २२ जनवरीका दिन कतारले चीनको सामना गर्दा सोही दिन ताजिकिस्तान र लेबनान पनि भिड्ने छन् ।
समूह ए मा अब कतार बाहेक अन्य तीन टोलीको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । जसको छिनोफानो २२ जनवरी कै दिन हुनेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने