
पोखरा । मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक २३औं आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ ९ गतेका दिन आयोजक सहारा क्लब, पोखरा र थ्रीस्टार फुटबल क्लब, काठमाडौं भिड्ने छन् ।
नेपाल, भारत र भुटानका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २० गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको गत संस्करण संकटा क्लबले जितेको थियो ।
प्रतियोगिता आयोजनाबाट बचत भएको रकम आयोजक सहारा क्लबद्वारा पोखरा–१७ स्थित दोबिल्लामा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिंने सहारा क्लबका महासचिव रामजी अधिकारीले बताए । एकेडेमीमा हाल १४ विपन्न बाल खेलाडीहरु आश्रित छन् ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने