News हालान्डलाई पहिलोपटक ग्लोब सकर अवार्ड
गोलनेपाल

काठमाडौं (एजेन्सी) । वार्षिक रुपमा प्रदान गरिंदै आएको प्रतिष्ठित ग्लोब सकर अवार्डतर्फ पुरुषतर्फको यो अवार्ड नर्वे र म्यानचेष्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले हात पारेका छन् । हालान्डले यो अवार्ड पहिलोपटक हात पारेका हुन् । स्मरण रहोस, गत वर्ष यो विधामा करिम बेन्जेमा उत्कृष्ट बनेका थिए ।

त्यस्तै सर्वाधिक ६ पल्ट यो अवार्ड जित्न सफल पोर्चुगल र अल नासरका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले फ्यान फेवोरिट वर्ष खेलाडीको अवार्ड जिते । बेस्ट मिडल इस्ट प्लेयरको अवार्ड पनि रोनाल्डो नै हात पारे । महिलातर्फ यो अवार्ड भने स्पेन र बार्सिलोनाकी स्टार आइताना बोनमतीले हात पारिन् ।

दुबईमा सम्पन्न अवार्ड कार्यक्रममा उत्कृष्ट क्लबको अवार्ड म्यानचेष्टर सिटीले हात पार्दा उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि सिटी कै पेप गार्डिओलाले हात पारे । महिलातर्फको उत्कृष्ट क्लब बार्सिलोना बन्दा इमर्जिङ प्लेयरको अवार्ड रियल मेड्रिडका जुड बेलिंघमले हात पारे ।

वर्षको उत्कृष्ट गोलरक्षक र मिडफिल्डर पनि म्यानचेष्टर सिटीका क्रमशः एडरसन र रोड्री बने । क्यारियर अवार्ड म्यानचेष्टर युनाइटेडका क्यासेमिरोले हात पारे भने म्याराडोना अवार्ड क्रिष्टियानो रोनाल्डोको नाममा रह्यो ।

अन्य विधातर्फ वर्षको उत्कृष्ट एजेन्ट जर्जे मेन्डेस बन्दा क्यारियर अवार्ड इङल्याण्डका जोन टेरीले हात पारे । कोच क्यारियर अवार्ड अर्जेन्टिनाका लियोनल स्कालोनीले हात पार्दा बेस्ट मिडल इस्ट क्लबको अवार्ड इजिप्टको अल अहलीले हात पार्यो ।

 

Post Comments