News एसियन कपः समूह ई मा तीन टोली कै सम्भावना खुला
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कपतर्फ समूह ई मा दुई खेलहरुको समाप्ती पश्चात पनि नकआउट चरणमा पुग्ने टोलीको निश्चित टुंगो लाग्न सकेको छैन । दावेदार दक्षिण कोरियाले जोर्डनसँग बराबरी खेल्दा र बहराईनले मलेसियालाई हराउँदा समूह ई को समिकरण थप रोमाञ्चक बनेको हो ।

दोहा स्थित अल थुमा स्टेडियममा भएको खेलमा जोर्डन र दक्षिण कोरियाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । त्यस्तै समूह ई तर्फ नै अल रयनमा भएको अर्को खेलमा बहराईनले मलेसियामाथि १–० को जित निकाल्यो ।

यो नतिजापछि ४–४ अंक जोडेका जोर्डन र दक्षिण कोरिया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंकका साथ बहराईन तेस्रो स्थानमा रहँदा अंकविहीन मलेसिया पुछारमा छ । यो समूहबाट जोर्डन, दक्षिण कोरिया र बहराईनको नकआउट चरणमा प्रवेशको सम्भावना अझै कायम छ भने मलेसिया बाहिरिएको छ ।

अब अन्तिम र निर्णायक मानिएको खेलमा २५ जनवरीका दिन दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ भने सोही दिन जोर्डन र बहराईन पनि भिड्ने छन् । साथै यी दुई खेलबाटै समूह ई बाट नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुको पनि टुंगो लाग्नेछ ।

Post Comments