काठमाडौं । राष्ट्रिय टोलीका केही चर्चित खेलाडीहरुले यस सिजन घरेलु फुटबलमा मच्छिन्द्र फुटबल क्लबका लागि खेल्ने भएका छन् । यही माघ ९ गतेदेखि पोखरामा शुरु हुन गईरहेको २३औं आहा रारा पोखरा गोल्डकपलाई लक्षित गरी मच्छिन्द्रले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
जसमा राष्ट्रिय टोलीका चर्चित नामहरु बिमल घर्ती मगरसँगै सनिस श्रेष्ठ, आशिष चौधरी, मनिष डाँगी रहेका छन् । त्यसबाहेक देवेन्द्र तामाङ, सेसेहाङ आङदेम्बे, बिशाल श्रेष्ठ जस्ता परिचित खेलाडीहरुलाई पनि मच्छिन्द्रको फाइनल स्क्वाडमा छन् ।
स्मरण रहोस, मंगलबारदेखि पोखरामा रंगशालामा हुन गईरहेको २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्गत मच्छिन्द्रले माघ ११ गतेका दिन जावलाखेल युथ क्लबसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
मच्छिन्द्रको फाइनल स्क्वाडः
बिशाल श्रेष्ठ, प्रदिप भण्डारी, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, आशिष चौधरी, दयानन्द सिंह, सेसेहाङ आङदेम्बे, करिम ओमोलजा, उत्सव राई, दिवाकर चौधरी, सौरभ लिम्बु, बिजय भुजेल, अभिषेक गुरुङ्ग, मनिष डाँगी, बिमल घर्ती मगर
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि