News वर्ष खेलाडीबाट सम्मानित हुँदै आयुष
गोलनेपाल

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्टार आयुष घलानलाई मंगलबारदेखि शुरु हुन गईरहेको २३औं आहा! रारा पोखरा गोल्डकपमा उत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी २०८० बाट सम्मानित गरिने भएको छ । आयोजक सहारा क्लब, पोखराले आयुषलाई प्रतियोगिताको उद्घाटन खेलका दिन एक कार्यक्रमका बीच नगदसहित सम्मानित गर्ने भएको हो ।

आयुषलाई सहारा क्लब, पोखराका मानार्थ सदस्य खेम बहादुर गुरुङ्गद्वारा प्रायोजित नगद ५०,५५५ रुपैयाँ र सम्मानपत्रसहित सम्मानित गरिने आयोजकले जनाएको छ । स्मरण रहोस, आयुषले हालै सम्पन्न दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स कै लागि खेलेका थिए ।

२३औं आहा! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लब, पोखरा र थ्रीस्टार क्लब, ललितपुर भिड्दनै छन् । खेल दिनको २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

Post Comments