News
एसियन कप ग्रुप एः कतार र ताजिकिस्तान नकआउट चरणमा
काठमाडौं (एजेन्सी) । साविक विजेता तथा आयोजक कतारसँगै ताजिकिस्तान समूह ए बाट जारी एएफसी एसियन कपको नकआउट चरणमा प्रवेश गरेका छन् । समुह चरणको अन्तिम खेलमा कतारले चीनलाई १–० ले हरायो भने ताजिकिस्तानले लेबनानमाथि २–१ को जित निकाल्यो ।
यो नतिजापछि शतप्रतिशत जितका साथ कतार समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो । त्यस्तै ४ अंक जोडेको ताजिकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो ।
२ अंक जोडेको चीन तेस्रो स्थानमा छ । र, चीनको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणको सम्भावना कायम छ । उता १ अंक मात्र जोडेको लेबनान पुछारमा र समूह चरणबाटै बाहिरिएको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट