News भीमेश्वरलाई फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

भीमेश्वरले प्रथम एन प्याब्सन टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि बुधबार जित्न सफल भएको छ ।

काँडाघारीस्थित अर्किड स्कुलमा भएको फाइनलमा भीमेश्वरले पिस प्वाइन्टलाई ५–० गोलले पराजित गर्यो । भीमेश्वरका लागि सपन बस्नेतले ह्याट्रिक गरे भने कृष्णगोपाल श्रेष्ठले थप २ गोल गरे ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको विजेता भीमेश्वरले २० हजार र उपविजेता पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त पारे ।

त्यसअघि बुधबारै भएको सेमिफाइनलमा भीमेश्वरले पाणिनिलाई २–१ तथा पिस प्वाइन्टले एक्मीलाई ३–२ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । भीमेश्वर र पाणिनि दुवै पेनाल्टी सुटआउटमा विजयी भएका हुन् ।

विजेतालाई आयोजक कमिटीका अध्यक्ष अमृत खड्का, कोषाध्यक्ष प्रेमकुमार भुजेल, एन प्याब्सन प्रदेश नं. ३ का उपाध्यक्ष प्रकाश खड्का, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

समापनका अवसरमा अध्यक्ष खड्काले विद्यालयका शिक्षकबीचको भाइचारा सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

Post Comments