News एसियन कपः समूह सी बाट पनि तीन टोली नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । समूह बी पछि जारी एएफसी एसियन कपतर्फ समूह सी बाट पनि तीन टोलीहरु नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राती सम्पन्न समूह सी तर्फका अन्तिम खेलहरु पश्चात इरान, युएई र प्यालेस्टाइन नकआउट चरणमा प्रवेश गर्न सफल भएका हुन् ।

समूह चरणको अन्तिम खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा इरानले युएईलाई २–१ ले हरायो भने अर्को खेलमा प्यालेस्टाईनले हङकङमाथि ३–० को प्रभावशाली जित निकाल्यो । ३ खेलबाट ९ अंक जोडेको इरान समूह सी को शिर्ष स्थानमा छ । र, यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

त्यस्तै समान ४–४ अंक जोडेका युएई र प्यालेस्टाईन गोल भिन्नताका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । युएई समूह उपविजेताका रुपमा तथा प्यालेस्टाईन उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

उता समूह चरणको तीनै खेलमा हार बेहोरेको हङकङ भने अंकविहीन रुपमा पुछारमा छ । र, समूह चरणबाटै बाहिरिएको छ ।

Post Comments