काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल कन्फिडरेशन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आर्थिक जरिवानासहित कारवाही गरेको छ ।
नेपालले एएफसी फुटसल एसियन कप छनौट प्रतियोगिताबाट अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि एन्फालाई एएफसीले कारवाही गरेको हो । नेपालले यही सेप्टेम्बर २० तारीखदेखि शुरु हुन गईरहेको फुटसल एसियन कप छनौट प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
साथै एएफसीले उक्त जरिवाना रकम ३० दिनभित्र बुझाउन एन्फालाई आदेश समेत दिएको छ । स्मरण रहोस, एन्फालाई एएफसीको गत अगस्त २१ तारीखका दिन बसेको अनुशासन कमिटीको बैठकले सो जरिवानाको निर्णय गरेको हो । तर, निकट स्रोतका अनुसार एन्फाले अझै उक्त जरिवाना रकम बुझाएको छैन ।
त्यसबाहेक एएफसीले नेपाललाई अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने गरी कारवाही समेत गरेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)