News आर्मीको जितमा कप्तान भरत निर्णायक
उमेश पुन

पोखरा । साँघुरो अन्तरको जितका साथ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ आर्मीले राईजिङ स्टार क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलको २७औं मिनटमा आर्मीका कप्तान भरत खवासले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

आर्मीका निर्णायक गोलकर्ता भरत खवास नै खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ ११ गते बिहीबारको खेल मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments