News रगत अभाव हुँदा विजय यूथ क्लब हेटौँडाका सदस्यहरु तथा खेलाडीहरुले गरे रक्तदान
गोलनेपाल

लकडाउनको कारण रक्तदानको कार्यक्रमहरु नभएको समयमा हेटौँडाको विजय यूथ क्लबका सदस्य तथा खेलाडीहरुले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौँडामा पुगेर विजय यूथका २३ जनाले रक्तदान गरेको केन्द्रका प्रमुख टंकप्रसाद दाहालले बताए ।

रगत अभावको समयमा भएको यस्तोखाले कार्यले निकै राहतको अनुभुति भएको प्रमुख दाहालको भनाई रहेको छ ।

रक्तदान गर्न आफुहरुले क्लबका सदस्य तथा खेलाडीहरुलाई आग्रह गरेको र सोहि अनुसार रक्तदान भएको क्लबका अध्यक्ष सुदिप राजबाहकले बताए ।

रक्तदाननै जीवनदान भएको र लकडाउनमा रगत अभाव भएको जानकारी पाएपछि आफुहरुले सबै सदस्यहरुलाई रक्तदान गर्न आग्रह गरेको उनको भनाई रहेको छ ।

Post Comments