News जुमानुको नयाँ जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा परिचित नाम मध्ये एक र नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जुमानु राईले करियरको नयाँ अध्यायसँगै नयाँ जिम्मेवारी पनि पाएका छन् । फुटबलबाट सन्यास लिएर केही समय अघि अष्ट्रेलिया पुगेका राईले त्यहाँ नयाँ जिम्मेवारी पाएका हुन् ।

अष्ट्रेलिया मै स्थापित र त्यहीको नेपाली कम्युनिटी फुटबलमा सक्रिय रहेको सगरमाथा फुटबल क्लबले जुमानुलाई आफ्नो मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । उनको नियुक्तीबारे पनि क्लबले पनि आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।

क्लबले जुमानुको आगमनसँगै क्लबलाई थप उचाईंमा पुर्याउन र सफलता हासिल गर्न अझै टेवा पुग्ने विश्वास लिएको छ । स्मरण रहोस, सगरमाथा क्लबमा नेपाल कै पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु राजेन्द्र रावल, बिमल बस्नेत, सन्जोक राईज जस्ता खेलाडीहरु पनि छन् ।

Post Comments