News २३ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप: थ्री स्टार क्लब सेमीफाइनलमा
उमेश पुन

२३ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकपमा सहभागि एक मात्र विदेशी क्लब भुटानको पारो एफसीलाई लाई हराउँदै थ्री स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखरा द्वारा आयोजित पहिलो क्वाटरफाइनल अन्तर्गत शनिबारको खेलमा पारो एफसीलाई २–० गोलले पराजित गर्दै थ्री स्टार सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईले टिमका लागि दुई गोल गरेपछि थ्री स्टार २३औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अतिरिक्त समयको ११४औं मनेटमा आशिष चापागाईँले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । उनले ११९ औं मिनेटमा गोललाई दोब्बर पारे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

पाँच पटकको उपाधि बिजेता थ्री स्टार प्रि क्वाटरमा घरेलु टोली सहारा क्लबलाई पराजित गर्दै पारो एफसी संग भेट पक्का गरेको थियो ।

निर्धारित ९० मिनेटमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । इन्जुरी टाइममा पनि गोल नभए पछि रेफ्रि रविन्द्र महर्जनले ३० मिनेटको अतिरिक्त समय थप गरेका थिए ।

पहिलो हाफको ३२ औं मिनेटमा पारो एफसीले एक राम्रो अवसर पाए पनि गोल गर्नबाट चुक्यो । फुब थिन्लेको लामो पासमा डि एरियामा रहेका यशी दर्जीको प्रहार सटिक हुन नसक्दा पारो एफसी अग्रता लिने अवसर गुमाएको थियो ।

सेमीफाइनलमा थ्री स्टार मनाङ मर्स्याङ्दी र जावलाखेलबीच हुने बिजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत आइतबार साबिक बिजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मी क्लबका बीच हुनेछ ।

Post Comments