News ए डिभिजन लिग : थ्रीस्टारको बिजयी शुरुवात
गोलनेपाल

पल्सर शहिद स्मारक ए डिभिजन लिगमा दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लबले जितका साथ लिगको शुरुवात गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले एनआईबीएल फ्रेण्डस क्लबलाई १ का विरुद्ध २ गोलले हरायो । थ्रीस्टारको जितमा पहिलो हाफको १४ औं मिनटमा रन्जन बिष्टले पहिलो गोल गरे भने दोस्रो गोल खेलको अन्तिमतिर ८१ औं मिनटमा बुद्ध चेम्जोङले गरे ।

उता पराजित फ्रेण्डसका लागि खेलको ८८ औं मिनटमा बिकास लामाले एक गोल फर्काए तापनि त्यो गोल टोलीको हार टार्न प्रर्याप्त बनेन । खेलको म्यान अफ द म्याच थ्रीस्टारका लागि दोस्रो गोल गरेका बुद्ध चेम्जोङ घोषित भए ।

Post Comments