News दमक एकेडेमी सेमिफाइनलमा
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ दमक एकेडेमी फुटबल क्लब, झापा यहाँ जारी स्व। कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ दमकले लोहरुङ्ग फुटबल क्लब, संखुवासभालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि जनता बहुमुखी क्याम्पसमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने दमक एकेडेमीले लोहरुङ्गमाथि ३–१ को जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो । खेलमा दमकका गोलरक्षक आयुष लिम्बु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १६ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल सिंहदेवी फुटबल क्लब, धनकुटा र आयोजक द योङ्ग ब्रदर्श एफसी, इटहरी बीच हुनेछ ।

द योङ्ग ब्रदर्श एफसी, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

 

Post Comments