
पोखरा । नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाईजले विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि समिर तामाङले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता चर्च ब्वाईजका समिर तामाङ नै खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने