News थ्रीस्टार पोखरा गोल्डकपको फाइनलमा
उमेश पुन

पोखरा । झिनो अन्तरको जितका साथ थ्रीस्टार फुटबल क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ थ्रीस्टारले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सिजनको पहिलो नकआउट उपाधि नजिक पुग्न सफल भएको हो । पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि दिपेश आले मगरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा थ्रीस्टार कै विवेक पौडेल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments