काठमाडौ । यहाँ सम्पन्न मदन भण्डारी रनिङ्ग सिल्ड खुल्ला फुटसल प्रतियोगिताको उपाधी हिमालयन फुटसल क्लवले उचालेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा पेनाल्टी सुट आउटमा माहिन फुटसल क्लवलाई हराउदै हिमालयनले उपाधि जितेको हो । उपाधीसंगै हिमालयनले एक लाख ५० हजार नगद र शिल्ड प्राप्त गर्यो ।
पेनाल्टी सुट आउटमा हिमालयनले तीन र माहिनले दुई गोल गरेका थिए । उपविजेता माहिनले ७५ हजार रुपैया र शिल्ड प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री एबं नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार तथा शिल्ड प्रदान गरे ।
सो अवसरमा पूर्वमन्त्री पोखरेलले खेलकुदले समाजमा बहुआयामिक महत्व बोकेको चर्चा गर्दै एकेडेमीका खेल गतविधि प्रशंसनिय रहेको बताए ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पूर्ब प्रदेश सभासद मोहन रेग्मी, एकेडेमीका सुवर्ण श्रेष्ठ, उत्तमकुमार राउतलगायतले बोलेका थिए । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका १५ वटा टिम सहभागिता थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि