News बिरगंज युनाइटेड तेस्रो मनहर्वा गोल्डकपको फाइनलमा
गोलनेपाल

जितपुरसिमरा । बिरगंज युनाइटेड, पर्सा यहाँ जारी तेस्रो मनहर्वा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा बिरगंजले आयोजक मौवा देवी युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

बडहर्वा खेलमैदानमा भएको खेलमा बिरगंजका लागि खेलको १७औं मिनटमा अमर डंगोलले पहिलो गोल गरे भने ७३औं मिनटमा सागर चौधरीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलमा बिरगंजका अमर डंगोल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र नव दुर्गा युवा क्लब, सिमरा बीच हुने आयोजकले जानकारी दियो ।

श्री मौवा देवी युवा क्लब, बडहर्वा, जितपुरसिमरा उपमहानगरपालिका–१८, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments