News मनहर्वा गोल्डकपः मकवानपुर र बिरगंज फाइनलमा भिड्ने
गोलनेपाल

जितपुरसिमरा । रिगल हेटौडा रिसोर्ट मकवानपुर र बिरगंज युनाइटेड यहाँ जारी तेस्रो मनहर्वा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा जित निकाल्दै मकवानपुरले फाइनलमा बिरगंजसँगको भेट पक्का गरेको हो ।

बडहर्वा खेलमैदानमा भएको खेलमा मकवानपुरले नव दुर्गा युवा क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा मकवानपुरले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा मकवानपुरका गोलरक्षक गोपी बर्तौला म्यान अफ द म्याच चुनिए । मकवानपुरले अब माघ २० गते शनिबार हुने फाइनलमा बिरगंज युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

श्री मौवा देवी युवा क्लब, बडहर्वा, जितपुरसिमरा उपमहानगरपालिका–१८, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

 

Post Comments