News सिंहदेवी फाइनलमा, उपाधिका लागि बि.टी. सँग भिड्ने
गोलनेपाल

इटहरी । सिंहदेवी फुटबल क्लब, धनकुटा यहाँ जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ सिंहदेवीले धरान फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा सिंहदेवीका लागि बिशाल भण्डारी र भुवन बस्नेतले गोल गरे । खेलमा सिंहदेवीका बिशाल भण्डारी म्यान अफ द म्याच समेत घोषित भए । अब माघ २० गतेका दिन हुने फाइनलमा सिंहदेवीले बि.टी. एफसी, तेह्रथुमसँग उपाधिका लागि भिड्नेछ ।

द योङ्ग ब्रदर्श एफसी, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments