News पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपकरनन्दा गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग
गोलनेपाल

पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ ।

पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध हुनु भएको पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायत रहनु भएको रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको हो । बुधबार भएको २३ औं आहा रारा पोखरा गोल्ड कपको पहिलो सेमिफाइनल खेलको क्रममा पूर्व खेलाडी रुपक तथा नन्दा गुरुङले उक्त रकम बराबरको चेक क्लवका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गर्नु भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो ।

क्लवले संचालन गरेको सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा थप टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरेको पूर्व खेलाडी रुपकले बताउनु भयो । दाताले दिएको उक्त रकम उचित ढंगले एकेडेमीका बालकहरुको शिक्षा, दिक्षा तथा फुटवल खेलको लागि खर्च गरिने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना बालहरुक रहनु भएको छ ।

नयाँ शैक्षिक शत्रमा तीस जना बालकहरुको सिट क्षमता अनुसार बाँकीलाई छनौट गरिने भएको छ ।

Post Comments