काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी फ्रान्सको शिर्ष महिला फुटबल लिग खेल्ने टोली एन एवान्ट गुइनग्याम्पमा अनुवन्ध भएकी छिन् । क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत साबित्राको अनुवन्धबारे पुष्टी गरेको छ ।
स्मरण रहोस, २७ वर्षिय साबित्रा गुइनग्यामपमा आवद्ध हुन मंगलबार मात्रै फ्रान्स पुगेकी थिईन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साबित्राले गुइनग्याम्पसँग डेढ वर्षको सम्झौता गरेकी छिन् । उनको पारिश्रमिकबारे भने खुलाइएको छैन । साबित्रा यसअघि इजरायली क्लब एएफसी हापोएल रानाना क्लबमा आवद्ध भएसँगै युरोपियन फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिईन् ।
यद्यपि इजरायल र प्यालेस्टाइन बीचको युद्धका कारण उनी सिजनको बीचैमा नेपाल फर्किएकी थिईन् । घरेलु फुटबलमा महिला फुटबल गतिविधी शुन्य रहेको अवस्थामा साबित्रा भने व्यवसायीक फुटबल खेल्न युरोप मै व्यस्त हुने निश्चित भएको छ । त्यसो त केही राष्ट्रिय महिला खेलाडीहरुले हाल भारतको चर्चित आई लिग पनि खेलिरहेका छन् ।
साबित्राले पनि इजरायल जानु अघि केही सिजन आई लिग खेलेकी थिईन् । त्यसक्रममा उनले तीनपल्ट आइ लिग उपाधि पनि उचाल्न सफल भएकी थिईन् । साबित्राले पहिलो सिजन सेथु एफसीका लागि र दुई सिजन गोकुलम केरलाका लागि लिग उपाधि जितेकी थिईन् ।
उता फ्रान्सको शिर्ष महिला फुटबल लिग डिभिजन वान फेमिनिन खेलिरहेको गुइनग्याम्प हाल १२ खेलबाट ८ अंकका साथ लिगतालिकाको रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि दशौं स्थानमा छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने