News हिमशिखर कपः डिपोट र लर्ड बुद्ध फाइनलमा भिड्ने
गोलनेपाल

तरहरा । डिपोट स्कुल र लर्ड बुद्ध स्कुल यहाँ जारी पाँचौं सुदेश सुब्बा मेमोरियल हिमशिखर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा भिडने भएका छन् ।

इटहरी–२० स्थित तामाङ टोल खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा डिपोटले आयोजक हिमशिखर ईङलिस स्कुललाई सडन डेथमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा पराजित हिमशिखरका सुमन राई म्यान अफ द म्याच घोषित भए ।

सोही मैदानमा भएको दोस्रो सेमिफाइनलमा लर्ड बुद्धले ज्ञान दर्पण स्कुललाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा लर्ड बुद्धका सुलश राई म्यान अफ द म्याच घोषित भए । त्यस्तै शुक्रबार नै हुने फाइनलमा डिपोट र लर्ड बुद्ध उपाधिका लागि भिड्ने छन् ।

हिमशिखर ईङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments