काठमाडौं । शुक्रबारदेखि शुरु हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र आयोजक बंगलादेश भिड्दै छन् । रोचक कुरा, यी दुई टोली गत संस्करणको फाइनलिस्ट समेत हुन् । त्यतिबेला बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।
आज हुने खेलमा पनि बंगलादेशलाई घरेलु समर्थकको साथ र समर्थन रहनेछ । नेपाल पनि घरेलु टोली विरुद्ध सकरात्मक नतिजा निकाल्नेमा आत्मविश्वासी छ । खेल ढाका स्थित बिर श्रेरेष्ठ सहिद सिपाही मोस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ःः१५ बजेदेखि शुरु हुनेछ ।
त्यस्तै प्रतियोगिता अन्तगर्तत आज नै हुने उद्घाटन खेलमा ३ः१५ बजेदेखि भारत र भुटान भिड्दै छन् । प्रतियोगितामा दक्षिण एसियाका चार टोलीहरु मात्र सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल ८ फेब्रुअरीका दिन हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल