News एसियन कपः जोर्डन पहिलोपटक सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आत्मघाती गोल निर्णायक बन्दा ऐतिहासिक सफलता हात पार्दै जोर्डन जारी प्रतिष्ठित एएफसी एसियन कपको पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ जोर्डनले ताजिकिस्तानमाथि १–० को जित निकाल्दै यो ऐतिहासिक सफलता हात पारेको हो । कतारी शहर अल रयन स्थित अहमद बिन अली स्टेडियममा भएको खेलको ६६औं मिनटमा ताजिकिस्तानका वादत हनोनोवले गरेको आत्मघाती नै गोल जोर्डनलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो ।

स्मरण रहोस, यसअघि एसियन कपको इतिहासमा उत्कृष्ट नतिजा निकाल्ने क्रममा जोर्डनले सन् २००४ र २०११ मा गरी दुईपल्ट क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गरेको थियो । अब जोर्डनले ६ फेब्रुअरीका दिन हुने पहिलो सेमिफाइनलतर्फ अष्ट्रेलिया वा दक्षिण कोरियाको सामना गर्नेछ ।

Post Comments