
हेटौडा । रोमाञ्चक पूनःरागमन गर्दै न्युरोडटिम (एनआरटी) जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ एनआरटीले चर्च ब्वाईज युनाइटेडमाथि टाइब्रेकरमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
गौरीटार रंगशालामा भएको निर्धारित समयको खेलतर्फ एनआरटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै जितलाई आत्मसाथ गर्यो । राजेश परियार र मार्टिन्सको गोलबाट दुई गोलको स्पष्ट अग्रता बनाएको चर्च ब्वाईजले त्यो अग्रता अन्तिमतिर गुमाउन पुग्यो ।
एनआरटीले अन्तिम दश मिनटभित्र नाटकीय रुपमा खेलमा फर्कियो । एनआरटीका लागि कप्तान अशोक थापाले पहिलो गोल गरे भने जोन ग्लोरीले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने एनआरटीले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा एनआरटीका बिबेक गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र राईट लेन बागमती युवा क्लब, सर्लाही बीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा