News लिस्नु सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा लिस्नुले जनज्योति युवा क्लब, डिंगरनगरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको खेलमा लिस्नुका लागि आयुष गुरुङ, सुमित मल्लाह र तुषार थापाले गोल गरे । पराजित जनज्योतिका लागि एलन थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा लिस्नुका इन्द्र भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र प्रतियोगिताको बलियो प्रत्याशी मानिएको समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

स्व। डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments