News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ५ लाई सफलता
गोलनेपाल

तरहरा । दोस्रो बराहक्षेत्र मेयर लिग अन्तर्गत वार्ड नम्बर ५ ले प्रभावशाली जित निकाल्दा वार्ड नम्बर ६ र ७ ले बराबरी खेल्दै अंक बाँडेका छन् । देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर २ लाई ३–० ले हरायो ।

वार्ड नम्बर ५ का लागि मन्दिप कार्की, विपिन पराजुली र अर्जुन कुँवरले गोल गरे । खेलमा वार्ड नम्बर ५ कै अर्जुन कुँवर म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर ६ र ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा वार्ड नम्बर ६ का लागि अर्पित शाहले गोल गरे भने वार्ड नम्बर ७ का लागि भिम बिकले पेनाल्टी मार्फत गोल गरेका थिए । खेलमा वार्ड नम्बर ६ का गोलरक्षक आयुष बजगाई म्यान अफ द म्याच घोषित भए ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments