News कास्कीकाे माछापुच्छ्रे गाउँपालिका भेडावारीमा एन्फाकाे ड्रिम प्रोजेक्ट
गोलनेपाल

कास्कीको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाले वहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएकाे छ ।

उक्त परियोजनाकाे लागि नयाँ आर्थिक वर्षमा एन्फाले १७ करोड ५५ लाख छुट्याउने निर्णय गरेकाे छ । गाउँपालिकका अध्यक्ष कर्ण बहादुर गुरङले याे ड्रिम प्रोजेक्टले हामी सबै लाई उत्साहित बनाएकाे छ”गुरूङले बताए ।

बजेट पारित भए लगतै टेन्डर आह्वानमा जाने एन्फाले जनाएको छ ।उक्त एकेडेमीको प्रोजेक्टका लागि गाउँपालिकाले २ सय ५२ रोपनी भन्दा वढी जग्गा उपलव्ध गराएको छ ।

वहुउद्धेश्यिय परियोजना भित्र ३ वटा मैदान सहित २ वटा फुटसल मैदान एक ५ हजार दर्शक क्षमताको रंगशाला ,होस्टल, पौडी पोखरी, जिमहल, पुस्तकालय, कन्फेरेन्सहल सहितको सुविधा रहने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

Post Comments