News एन्फाको आकस्मिक बैठक स्थगित
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने भनिएको आकस्मिक बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक एन्फाको मूख्यालयमा बस्ने बताइएको थियो ।

तर, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण बैठक स्थगित गरिएको जनाइएको छ । एन्फाका अनुसार नेम्वाङको स्वास्थ्यमा केही समस्या देखिएकाले बैठक स्थगित गरिएको जनाएको छ ।

साथै एन्फाले मंगलबार आफ्नो कार्यसमितिको आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । त्यसका लागि सबै कार्य समिति सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचित समेत गरिएको छ ।

Post Comments