News वाफ च्याम्पियनसिपः नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । साउदी अरबको जेद्दाह शहरमा यही फेब्रुअरी १८ देखि २८ तारीखसम्म हुन गईरहेको वाफ महिला च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउन गईरहेको नेपालले आफ्नो समूहमा इराक, सिरिया प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह बी मा परेको नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीमा सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै २२ फेब्रुअरीका दिन इराक र २४ फेब्रुअरीका दिन प्यालेस्टाइनसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै समूह ए मा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन, उपविजेता लेबनान र अर्को आमन्त्रित टोली गुआम रहेका छन् ।

पूर्ण खेलतालिका हेर्नुहोस् ।

 

Post Comments