News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ३ को जित
गोलनेपाल

तरहरा । यहाँ जारी दोस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता अन्तर्गत वार्ड नम्बर ३ ले रोमाञ्चक जित हात पारेको छ । देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ८ लाई २–१ ले हरायो ।

वार्ड नम्बर ३ का लागि निशान लिम्बु र भुपेन्द्र लिम्बुले गोल गरे । पराजित वार्ड नम्बर ८ का लागि बिनोद लिम्बुले गोल गरे । खेलमा वार्ड नम्बर ३ का बिबेक बिक म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा वार्ड नम्बर ५ र वार्ड नम्बर १ ले प्रतिस्पर्धात्मक १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments