News नेपाल आइपुग्यो चिनीया फुटबल टोली
गोलनेपाल

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण फुटबल म्याचका लागि चिङ्घाई फुटबल क्लबको युथ टिम बुधबार नेपाल आइपुगेको छ । चिनीया टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह लगायतले विमानस्थलमा स्वागत गरे ।

चिनीया नयाँ वर्षको अवसरपारी चिनिया राजदुतावास नेपाल, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद (राखेप) को संयुक्त आयोजना हुन गईरहेको नेपाल र चिनिया टोलीबीचको मैत्रीपूर्ण खेल यही माघ २५ गते शनिबार दशरथ रंगशालामा हुँदैछ ।

त्यस्तै दर्शकहरुका लागि टिकट मुल्य पनि यसअघि नै निर्धारण गरिएको छ । जसअनुसार सामान्यतर्फ २०० र विशिष्ठतर्फ ५०० टिकट मुल्य तोकिएको छ ।

स्मरण रहोस, नेपाली टोलीको मुख्य प्रशिक्षकमा सिनियर टोली कै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिस छन् भने सहायक प्रशिक्षकमा चेतन घिमिरे छन् । त्यस्तै गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना रहेका छन् ।

चिनिया टोली विरुद्धको मैत्रीपूर्ण फुटबल म्याच कै लागि हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा आयुष घलान, मनिष डाँगी, लाकेन लिम्बु जस्ता खेलाडीहरु पनि सामेल छन् ।

Post Comments