News एन्फाद्वारा खेलाडीहरुको कोभिड बिमा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोभिड बिमा ब्यहोर्ने भएको छ ।

एन्फाको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सो निर्णयअनुसार एन्फाले पुरुषतर्फ ७० तथा महिलातर्फ ३५ खेलाडीहरुको बिमा खर्च ब्यहोर्ने भएको हो ।

यद्यपि एन्फाले उक्त बिमाको रकमबारे भने केही खुलाएको छैन । स्मरण रहोस, कोरोना भाइरस महामारीका कारण अहिले विश्व जगत नै आक्रान्त छ । जसका कारण नेपाल फुटबल पनि पछिल्ला तीन महिनादेखि ठप्प छ ।

Post Comments