News क्वाइन टसबाट भारत च्याम्पियन
गोलनेपाल

काठमाडौं । बिहीबार सम्पन्न भएको साफ यु–१९ महिला च्याम्पियनसिपमा भारतले क्वाइन टसबाट विजेता बन्दै उपाधि जित्न सफल भएको छ ।

ढाकामा भएको फाइनल भिडन्तमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा पनि दुवै टोलीका ११–११ खेलाडीहरुले गोल गरेपछि आयोजकको निर्णय अनुसार क्वाइन टस गरिएको थियो । क्वाइन टसमा भने भारतसँग साविक विजेता तथा आयोजक बंगलादेश निराश बन्न पुग्यो ।

 

Post Comments