News सिदुवा सिंहदेवीको विजयी शुरुवात
गोपाल काफ्ले

पथरी । यहाँ सुरु भएको दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० को उद्घाटन खेलमा सिदुवा सिंहदेवी फुटवल क्लव धनकुटा विजयी भएको छ ।

खेलमा अग्रता लिएको गाईघाट युनाइटेड फुटवल क्लब उदयपुरले अन्तमि एक मिनेट हममालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । गाईघाटका लागि खेलको २६ औं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै अग्रथता लिएका थिए । पहिलो हापमा एक गोल गरेको गाईघाट युनाइटेडले दोस्रो हाफमा गोल खान पुग्यो ।

निकै प्रतिस्पदात्मक खेलमा सिदुवा सिंहदेवीका लागि उमेश कार्कीले थप गरिएको अन्तीम एक मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याई खेल ट्राइबेकरमा पुर्याए । ट्राइबेकरमा सिदुवाका लागि विशाल भण्डारी, उमेश कार्की, सन्जय धिमाल, सन्दिप लिम्बू र असिम राईले गोल गर्दा गाईघाटका अशोक खवास, सुदिप श्रेष्ठ, सुनिल खडकाले गोल गरे भने प्रवेश दनुवारको प्रहार सिदुवाको गोल रक्षक प्रनिजय गच्छेदार बचाउदै आफ्नो टिमलाई विजयी गराए ।

खेलको म्यन अफ दि म्याच सिदुवाको गोल रक्षक प्रनिजय गच्छेदार घोषित हुदै नगद दुई हजार पाँच सय प्राप्त गरे । भोलिको शनिवारको खेल आयोजक डाँगिहाट जागृती युवा क्लब र ध्रुवतारा क्लब झापा विच हुनेछ ।

खेलको उद्घाटन बेलबारी नगर प्रमुख दिल प्रसाद राईले गर्नु भएको थियो । खेलको उद्घाटन गर्दै नगर प्रमुख राईले नगरले खेलकुद विकासका लागि ठुलो लगानी गरेको बताउनु भयो । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संचालन हुदै छ ।

प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । प्रतियोगितामा एपिएफ पकली, सिदुवा सिंहदेवी धनकुटा, पथरी ११, प्रदेश प्रहरी फुटवल क्लब रानी, ध्रुवतारा क्लब झापा, गाईघाट युनाइटेड फुटवल क्लब उदयपुर, धरान फुटवल क्लव सुनसरी र आयोजक डाँगिहाट जागृती फुटवल क्लब बेलबारीको सहभागिता रहेको छ ।

माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय र बिधागत रुपमा उत्कृृष्ट कोच, उत्कृृष्ट मिडफिल्डर, उत्कृृष्ट किपर, उत्कृृष्ट डिफेन्स, उत्कृृष्ट फरर्वाड र सर्बाधिक गोलकर्ता लाई जनहि पाँच हजारर र उदयमान खेलाडीलाई नगद सात हजार पुरस्कार प्राप्त गर्ने छन ।

Post Comments