News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ६ र २ लाई सफलता
गोलनेपाल

बराहक्षेत्र । यहाँ जारी दोस्रो बराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिता अन्तर्गत वार्ड नम्बर ६ र वार्ड नम्बर २ ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ लाई २–१ ले हरायो । वार्ड नम्बर ६ को जितमा निमेश श्रेष्ठले दुवै गोल गरे । पराजित वार्ड नम्बर ४ का लागि सरुन चौधरीले एक मात्र गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर ६ का निमेश श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ११ माथि शून्यका विरुद्ध ९ गोलको फराकिलो जित हात पार्यो । वार्ड नम्बर २ का लागि दिपेश तामाङ एक्लैले डबल ह्याट्रिकसहित दुई गोल गरे । थप एक गोल बिकल राईले गरे । खेलमा एक्लैले आठ गोल गरेका दिपेश तामाङ म्यान अफ द म्याच चुनिए ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments