News प्रथम तार्केश्वर फुटसल कप हुने
गोलनेपाल

काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा आगामी फागुन १२ गतेका दिन प्रथम तार्केश्वर फुटसल कप हुने भएको छ । ए–वान फुटसमा हुने प्रतियोगिताको फागुन १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

थप जानकारीको लागि निम्न मोवाइल नम्बरमा सम्पर्क गर्न पनि सकिने पनि आयोजकले जनाएको छ । सम्पर्क मोबाईल नम्बरहरु ९८६१७६२७१३, ९८४१०८९०८० ।

Post Comments