News आयोजक डाँगिहाटको जित
गोपाल काफ्ले

पथरी । मोरङको डाँगीहाटमा सुरु भएको दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० मा आयोजक डाँगिहाट जागृती युवा क्लबले विजयी सुरुवात गरेको छ । खेलको छ मिनेटमा आयोजक डाँगिहाट जागृती युवा क्लबका अन्जान चौधरीले गरेको एक मात्र गोल नै खेलको निर्णयक गोल बन्यो ।

आयोजक डाँगिहाट जागृती युवा क्लबको जित संगै ध्रुवतारा स्पोटीङ क्लव झापा पहिलो खेलबाटै बहिरिनु परेको छ । चौधरीले ध्रुवतारा झापाका डिफ्रेन्स लाईनको कम्जोरी र किपर अघि बढेको मैकामा गोल गर्दा ध्रुवतारा स्पोटीङ क्लव झापा स्तब्द बनेको थियो । खेलको म्यान अफ दि म्याच आयोजकका शंकर राई घोषित हुदै नगद दुई हजार पाँच सय प्राप्त गरे । आइतवारको तेस्रो खेल पथरी ११ र ए पि एफ क्लब पकली विच हुनेछ ।

प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संचालन हुदैछ ।

माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय पुरस्कार प्राप्त गर्ने छन ।

Post Comments