News आठौं सुर्यनगर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

सुर्यनगर । श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा यही माघ २९ गतेदेखि शुरु हुन गईरहेको आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । माघ २९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा नवलपरासी–११ र तनहुँ–११ भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने खेल संयोजक भरत गुरुङ्गले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले बताए ।

Post Comments