News प्रहरी माथि धरानको सहज जित
गोपाल काफ्ले

पथरी । मोरङको बेलबारीमा जारी दोश्रो डाँगीहाट प्रदेश स्तरिय फुटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबारको खेलमा धरान फुटबल क्लवले कोशी प्रहरी क्लव बिरुद्ध ३-० गोलको सहज जित निकालेको हो । यो संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

धरानका लागि मिलन राई, तपन कार्कि र दोर्जे तामाङले १/१ गोल गरे । प्रहरी उत्कृष्ट खेल प्रदर्शन गरे पनि स्कोर गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । धरानका लागि खेलको २४ मिनेटमा मिलनले गोल गरे। मिलनले प्रहरीका डिफेन्सको गल्तीको फाइदा उठाउदै गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको धरानले दोश्रो हाफमा थप २ गोल गर्न सफल भयो । दोश्रो हाफको ७ मिनेटमा कार्कीले गोल गरे । प्रहरीका गोल किपर प्रज्वल श्रेष्ठले क्लियर गर्न खोजेको बल कार्कीलाई लागेर जाली चुमेको थियो । दोश्रो हाफको २६ औं मिनेटमा दोर्जेले प्रहरी बिरुद्ध गोल थपे र टिमलाई ३-० को गोल अग्रता बनाए । मिलन राईले प्रहार गरेको शक्तिशाली प्रहार पोलमा ठोक्किएर फर्किएको बललाई दोर्जेले गोलमा परिणत गरे ।

खेलको म्यान अफ दि म्याच धरानका दोर्जे तामाङ हुँदै नगद पच्चिस सय प्राप्त गरे । मंगलबारको पहिलो सेमिफाइनल ससस्त्र प्रहरीको बराह बाहिनी सुनसरी र धनकुटाको सिंहदेबी सिधुवा फुटलब क्लब बिच हुने छ ।

Post Comments