News सुर्यनगर गोल्डकप: नवलपरासीको विजयी शुरूवात
सुरज राना मगर

बर्दघाट । श्री नव युवा क्लब, बर्दघाट-१६, नवलपरासीको आयोजनामा शुरु आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा नवलपरासी-११ ले विजयी शुरुवात गरेको छ ।

बर्दघाट-१६ स्थित सुर्यनगर रंगशालामा भएको उद्घाटन खेलमा नवलपरासीले तनहुँ-११ लाई ३-२ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा नवलपरासीका जय गुरुङ म्यान अफ द म्याच घोषित भए । 

यो जितसँगै नवलपरासी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र बार्सा नेपाल, काठ्माडौं बीच खेल संयोजक भरत गुरुङले जानकारी दिए । 

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments